logo
  • शनिबार, असोज १७ २०८३

सुनको भाउ सामान्य घट्दा बढ्यो चाँदी, आज कतिमा हुँदैछ किनबेच?


  • पब्लिक सूचना
  • बिहिबार, साउन २८ २०८३

नेपाली बजारमा आज (बिहीबार) सुनको मूल्य सामान्य घटेको छ भने चाँदी बढेको छ।

बुधबार तोलामा एक हजार दुई सय रूपैयाँ घटेको सुनको भाउ यसदिन प्रतितोला पाँच सय रूपैयाँ घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तीन लाख ६ हजार दुई सय रूपैयाँमा किनबेच भइरहेको छ।

बुधबार सुन प्रतितोला तीन लाख ६ हजार सात सय रूपैयाँमा कारोबार भएको थियो।

यस्तै, बिहीबार चाँदीको मूल्य भने बढेको छ।

बुधबार तोलामा चार हजार सात सय ४५ रूपैयाँमा कारोबार भएको चाँदी बिहीबार चार हजार सात सय ५० रूपैयाँमा कारोबार भइरहेको छ।

यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला पाँच रूपैयाँ बढेको हो।

अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस चार हजार चार सय सात अमेरिकी डलरमा कारोबार भइरहेको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend