पब्लिक सूचना
मिस युनिभर्स नेपाल २०२६ को स्यास समारोह सोएल्टी होटलमा सम्पन्न बहुप्रतीक्षित मिस युनिभर्स नेपाल २०२६ को स्यास समारोह काठमाडौंस्थित सोएल्टी होटलमा भव्य रूपमा सम्पन्न भएको छ।
यस समारोहसँगै यस वर्षको प्रतियोगितामा सहभागी प्रतियोगीहरूको औपचारिक यात्रा सुरु भएको छ। समारोहका क्रममा प्रतियोगीहरूले पहिलोपटक आफ्नो आधिकारिक स्यास प्राप्त गरे। स्यासले प्रतियोगितामा उनीहरूको औपचारिक प्रवेश र आगामी यात्राप्रतिको प्रतिबद्धताको प्रतीकका रूपमा अर्थ राखेको छ। समारोहले प्रतियोगीहरूलाई आफ्नो आत्मविश्वास, व्यक्तित्व र प्रतिभा प्रस्तुत गर्ने अवसरसमेत प्रदान गरेको थियो। आयोजकका अनुसार स्यास समारोह प्रतियोगिताको औपचारिक सुरुवात मात्र नभई प्रतियोगीहरूको व्यक्तित्व, सपना र आकांक्षाको उत्सव पनि हो। यसले उनीहरूका आगामी चुनौती, सिकाइ र विभिन्न अनुभवका लागि महत्वपूर्ण आधार तयार गरेको छ।
समारोहपछि प्रतियोगीहरूले गहन प्रशिक्षण, विभिन्न चुनौतीपूर्ण प्रतिस्पर्धात्मक चरण तथा सामाजिक गतिविधिहरूमा सहभागिता जनाउनेछन्। उनीहरू क्रमशः मिस युनिभर्स नेपाल २०२६ को ग्रान्ड फिनाले तर्फ अघि बढ्नेछन्। मिस युनिभर्स नेपालले हरेक वर्ष नेपाली प्रतिभालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रस्तुत गर्ने अवसर प्रदान गर्दै आएको छ।
साथै, महिलाहरूलाई आत्मविश्वासी, सक्षम र सशक्त बनाउँदै अन्तर्राष्ट्रिय मञ्चमा नेपालको प्रतिनिधित्व गर्न प्रोत्साहित गर्ने उद्देश्य पनि प्रतियोगिताले बोकेको छ। स्यास समारोहसँगै मिस युनिभर्स नेपाल २०२६ को ताजका लागि यात्रा औपचारिक रूपमा सुरु भएको छ
© 2026 All right reserved to publicsuchana.com | Site By : SobizTrend