पब्लिक सूचना
काठमाडौं । नाडा अटोमोबाइल्स इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) ले आयोजना गर्ने ‘नाइमा मोबिलिटी एक्स्पो २०२६’ आजदेखि सुरु हुने भएको छ ।
साउन ३१ गतेसम्म चल्ने एक्स्पोमा ५३ ब्रान्डको सहभागिता रहनेछ भने ४० भन्दा बढी नयाँ सवारीसाधन तथा अटोसम्बन्धी उत्पादन सार्वजनिक गरिनेछ।
यस वर्षको एक्स्पोलाई अघिल्ला संस्करणभन्दा अझ ठूलो र व्यवस्थित बनाइएको आयोजकले सोमबार पत्रकार सम्मेलनमार्फत जनाएको छ। आगन्तुकको सुविधालाई ध्यानमा राख्दै सहज आवतजावत, पर्याप्त पार्किङ, टिकटमा ५० प्रतिशतसम्म छुट, फुड कोर्ट तथा अटोमोबिलिटीसम्बन्धी लर्निङ सेसनको समेत व्यवस्था गरिएको छ।
एक्स्पोमा विद्युतीय तथा इन्धनबाट चल्ने सवारीसाधन, दुईपांग्रे, चारपांग्रे तथा अन्य अटोमोबाइल उत्पादनहरू प्रदर्शन गरिनेछन्। आयोजकले नयाँ प्रविधि र नवीन उत्पादनमार्फत नेपाली अटोमोबाइल बजारलाई थप गतिशील बनाउने अपेक्षा गरेको छ।
© 2026 All right reserved to publicsuchana.com | Site By : SobizTrend