logo
  • सोमबार, असोज १९ २०८३

एमबीबीएससहित स्वास्थ्य शिक्षाका स्नातक कार्यक्रमको प्रवेश परीक्षाका लागि आवेदन खुल्यो


  • पब्लिक सूचना
  • शुक्रबार, साउन २२ २०८३

२२ साउन, काठमाडौं । चिकित्सा शिक्षा आयोगले स्वास्थ्य शिक्षाअन्तर्गत स्नातक तहका विभिन्न शैक्षिक कार्यक्रममा विद्यार्थी भर्नाका लागि लिइने मेडिकल एजुकेसन कमन इन्ट्रान्स एक्जामिनेसन–ब्याचलर लेभल (MECEE–BL २०२७) को अनलाइन आवेदन खुलाएको छ ।

आयोगले सूचना जारी गर्दै एमबीबीएस, बीडीएस, बीएससी नर्सिङ, बीएएमएस, बीपीएच, बीफार्म, बीएससी एमएलटी, बीपीटी, बी अप्टोमेट्रीलगायत स्नातक तहका स्वास्थ्य शिक्षा कार्यक्रमको एकीकृत प्रवेश परीक्षामा सहभागी हुन इच्छुक उम्मेदवारलाई अनलाइन आवेदन दिन आग्रह गरेको हो ।

अनलाइन आवेदन यही साउन २५ गते बिहान ९ बजेदेखि दिन सकिने छ । आवेदन दिने म्याद भदौ १५ गते साँझ ५ बजे सकिनेछ । यद्यपि भदौ १५ गतेपछि २२ गते साँझ ५ बजेसम्म दोब्बर दस्तुर तिरेर आवेदन दिन सकिने सूचनामा उल्लेख छ ।

आवेदन शुल्क नेपाली आवदेकका लागि ४ हजार र विदेशीका लागि ८ हजार रुपैयाँ लाग्ने छ । आवेदन शुल्क हिमालय बैंकमा दाखिला गर्नुपर्ने छ ।

आयोगका अनुसार आवेदन दिनुअघि उम्मेदवारले तोकिएको शैक्षिक योग्यता, आवश्यक कागजात तथा अन्य मापदण्ड पूरा गरेको हुनुपर्नेछ ।

आवेदन तथा विस्तृत जानकारी आयोगको प्रवेश परीक्षा पोर्टल र आधिकारिक वेबसाइटबाट प्राप्त गर्न सकिने आयोगले जनाएको छ ।

हेर्नुहोस् विस्तृत सूचना– 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend