logo
  • शनिबार, असोज १७ २०८३

राष्ट्रिय सभा बैठक बस्दै, यस्ता छन् कार्यसूची


  • पब्लिक सूचना
  • बिहिबार, साउन २१ २०८३

संघीय संसदअन्तर्गत आज राष्ट्रिय सभाको बैठक बस्दैछ।

बैठक दिउँसो सवा १ बजे बस्नेछ।

बैठकमा गृहमन्त्री सुधन गुरुङले मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नको उत्तर दिने, महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सीता बादीले मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नको उत्तर दिने कार्यसूची छ।

सांसद कमला पन्तले मनसुनजन्य विपद् व्यवस्थापनमा सरकारको पूर्वतयारी सम्बन्धमा गृह मन्त्रीको ध्यानाकर्षण गराउने प्रस्ताव प्रस्तुत गर्ने, कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले संक्रामक पशु रोग (नियन्त्रण) विधेयक, २०८३ सभा समक्ष पेस गर्ने कार्यसूची छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend