logo
  • आइतबार, असोज १८ २०८३

नेपाल फार्मेसी परिषद्को अध्यक्षमा डा कादिर आलम नियुक्त


  • पब्लिक सूचना
  • बुधबार, साउन २० २०८३

काठमाडौँ,  साउन २०  गते ।  नेपाल फार्मेसी परिषद्को अध्यक्षमा डा कादिर आलम नियुक्त हुनुभएको छ ।

नवनियुक्त अध्यक्ष आलमले आज स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताको उपस्थितिमा पद तथा गोपनीयताको शपथग्रहण गर्नुभएको छ ।

मन्त्री मेहताको स्वकीय सचिवालयका अनुसार परिषद्को अध्यक्ष नियुक्तिका लागि आवेदन दिएका उम्मेदवारमध्ये छनोट प्रक्रियापछि आलमलाई अध्यक्षमा नियुक्त गरिएको हो ।

शपथग्रहणपछि मन्त्री मेहताले परिषद्लाई थप प्रभावकारी, पारदर्शी र उत्तरदायी बनाउँदै औषधि सेवा, फार्मेसी शिक्षा, पेसागत नियमन तथा जनविश्वास अभिवृद्धिमा सक्रिय भूमिका निर्वाह गर्न निर्देशन दिनुभएको छ । रासस

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend