logo
  • शनिबार, असोज १७ २०८३

अब कुनै पनि सुकुमबासीले घर छोड्नुपर्ने अवस्था आउनु हुँदैन : रास्वपा सांसद भण्डारी


  • पब्लिक सूचना
  • मंगलबार, साउन १९ २०८३

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद हरिमोहन भण्डारीले अब कुनै पनि सुकुमाबासीले घर छोड्नुपर्ने अवस्था आउन नहुने बताएका छन्। सरकारले भूमिहीन तथा अव्यवस्थित बसोबासीको समस्या उच्च प्राथमिकतामा राखेर समाधान गर्नुपर्ने उनको भनाइ छ।

मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद भण्डारीले सुकुमबासी समस्यालाई राजनीतिक दलहरूले वर्षौंदेखि ‘भर्ती केन्द्र’का रूपमा प्रयोग गरेको आरोप लगाए।

उनले २०४६ सालयता सुकुम्बासीका नाममा गठन भएका विभिन्न आयोगले कार्यकर्ता भर्ती गर्ने र राज्यकोषको दुरुपयोग गर्ने काम मात्र गरेको आरोप लगाए।

‘एउटा जिल्लामा सुकुम्बासीका नाममा मासिक ३–४ लाख रुपैयाँ खर्च गरिन्थ्यो, तर वास्तविक सुकुम्बासीले न्याय पाएनन्,’ उनले भने, ‘अब त्यस्तो हुँदैन, हामी काम गरेर देखाउँछौँ।’

प्रधानमन्त्री बालेन्द्र शाहसँग सुकुम्बासी समस्याबारे छलफल भएको जानकारी दिँदै उनले सरकारले अब यस विषयलाई उच्च प्राथमिकतामा राख्ने विश्वास व्यक्त गरे।सांसद भण्डारीले आफूहरू पदका लागि नभई नागरिकका मौलिक हकको रक्षा र समस्या समाधानका लागि संसदमा आएको बताए।

‘पाँच वर्षको अवधि पर्याप्त हो। यो अवधिभित्र हामीले परिणाम दिन सकेनौँ भने पदमा बसिरहनुको कुनै अर्थ रहँदैन,’ उनले भने।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend