पब्लिक सूचना
काठमाडौं — साहित्यकार एवम् चार्टर्ड एकाउन्टेन्ट सञ्जु अधिकारीका दुई नयाँ कृतिहरू, “सनम” (उपन्यास) र “मानस” (कथासङ्ग्रह), एक विशेष समारोहबीच नेपालमा विमोचन भएका छन्। आइतबार राजधानीको ‘रामालय इभेन्ट्स’मा आयोजित कार्यक्रमको शुभ अवसर पारेर यी दुवै कृतिहरू एकसाथ सार्वजनिक गरिएका हुन्। दुवै पुस्तकको प्रकाशन तथा वितरण बी. एन. पुस्तक प्रा. लि. ले गरेको हो।
उक्त विमोचन कार्यक्रममा वरिष्ठ साहित्यकार डा. शैलेन्दु प्रकाश नेपाल प्रमुख अतिथिको रूपमा उपस्थित हुनुहुन्थ्यो। नेपाली साहित्यमा निरन्तर कलम चलाउँदै आउनुभएकी अधिकारीका यसअघि “इन्द्रेणी स्पर्श” र “मन” नामक कृतिहरू पनि प्रकाशित भइसकेका छन्। नयाँ सिर्जनाहरू पाठकमाझ ल्याएकोमा कार्यक्रममा उपस्थित अतिथिहरूले सञ्जु अधिकारीलाई बधाई तथा उज्वल साहित्यिक यात्राको शुभकामना व्यक्त गरेका थिए।

© 2026 All right reserved to publicsuchana.com | Site By : SobizTrend