logo
  • आइतबार, असोज १८ २०८३

‘ऐँचो पैँचो’ को गीत रिलिज


  • पब्लिक सूचना
  • शुक्रबार, साउन १२ २०८०

काठमाडौँ, साउन १२ गते । आगामी भदौ १४ बाट प्रदर्शनको तयारीमा रहेको ‘ऐँचो पैँचो’ को पहिलो गीत रिलिज गरिएको छ । बिहीबार राजधानीमा आयोजित एक कार्यक्रमबिच सार्वजनिक गरिएको गीत ‘काले केटाले’ मा एकनारायण भण्डारीको शब्द रचना र आशिष अविरलको सङ्गीत तथा एरेन्ज रहेको छ । गीतमा सङ्गीतकार अविरल र अस्मिता अधिकारीको स्वर सुन्न सकिन्छ ।

कविराज गहतराजको कोरियोग्राफी रहेको चलचित्रलाई कृषा चौलागाईंले निर्देशन गर्नुभएको छ । केपी फिल्मस्को ब्यानरमा निर्माण भएको चलचित्रमा स्वस्तिमा खड्का, मुकुन भुसाल, वर्षा राउत, सुशील सिटौला, कोशिस क्षेत्री, रमेश बुढाथोकी, राजाराम पौडेल, बुद्धि तामाङ, रवीन्द्र झा, सरिता गिरी, विशाल पहारीलगायतका कलाकारको अभिनय रहेको छ ।

प्रितम लामिछाने र आध्या लामिछाने निर्माता रहेको चलचित्रमा अभिमन्यु निरवीको कथा, पुरुषोत्तम प्रधानको छायाङ्कन, कविराज गहतराजको कोरियोग्राफी, सुजिल कर्माचार्यको पाश्र्व सङ्गीत छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend