logo
  • आइतबार, असोज १८ २०८३

स्कर्पियो र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु


  • पब्लिक सूचना
  • आइतबार, साउन १७ २०८३

कपिलवस्तु, साउन १७ गते । कपिलवस्तुको शिवराज नगरपालिका–५ चन्द्रौटामा स्कर्पियो र मोटरसाइकल एकआपसमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको छ। शनिबार राति ११ बजे लुम्बिनी प्रदेश ०१–००१ च २०५४ नम्बरको महिन्द्रा स्कर्पियो र लु १४ प ५१९० नम्बरको मोटरसाइकल ठोक्किँदा दुर्घटना भएको हो।

दुर्घटनामा शिवराज नगरपालिका–२ हल्लानगर निवासी १८ वर्षीय मोटरसाइकल चालक शिखर विक गम्भीर घाइते भएका थिए। उपचारका क्रममा उहाँको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलवस्तुका प्रमुख प्रहरी निरीक्षक राजन ढकालले बताउनुभयो ।

यस्तै, दुर्घटनामा सोही स्थानकी २१ वर्षीया शोभा श्रीपाली घाइते हुनुभएकाे छ । उहाँको उपचार भइरहेको प्रहरीले जनाएको छ। दुर्घटनामा संलग्न स्कर्पियो चालकलाई प्रहरीले नियन्त्रणमा लिई घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend