पब्लिक सूचना
सुनसरीको कप्तानगंजमा भएको तनावका कारण अझै कर्फ्यू आदेश लम्बिएको छ।
जिल्ला प्रशासन कार्यालयले राजमार्ग क्षेत्रमा आदेश हटाए पनि संवेदनशील क्षेत्रमा अनिश्चितकालका लागि कर्फ्यू आदेश जारी गरेको छ।
प्रमुख जिल्ला अधिकारी इश्वरीप्रसाद अर्यालले हरिनगर गाउँपालिका र देवानगंज गाउँपालिकाको सबै इलाकामा निषेधाज्ञा जारी गरेको छ। निषेधाज्ञा बिहान ७ बजेदेखि साँझ ७ बजेसम्मका लागि लागु गरिएको छ।
त्यसबाहेक हरिनगरा बजार क्षेत्र, भुटाहा बजार क्षेत्र, कप्तानजंग बजार क्षेत्र, घुस्की बजार क्षेत्र र देवानगंज बजार क्षेत्रमा कर्फ्यू आदेश जारी गरिएको हो।
यो आदेश अनिश्चितकालका लागि लागु गरिएको हो।

© 2026 All right reserved to publicsuchana.com | Site By : SobizTrend