पब्लिक सूचना
काठमाडौँ । बाढी पहिरोका कारण देशका विभिन्न भागका ६ वटा सडक खण्ड पूर्ण रूपमा अवरुद्ध भएका छन् भने ११ सडकखण्ड आंशिक रूपमा सञ्चालनमा रहेका छन् ।
सडक विभागका अनुसार हालसम्म अवरुद्ध भएका ३३ सडकखण्ड मर्मतपछि पुनः सञ्चालन भएका छन्
विभागका महानिर्देशक विजय जैशीका अनुसार पहिरोले अवरुद्ध सडक खुलाउन सम्बन्धित स्थानमा डोजर, एक्साभेटर, लोडरलगायत उपकरण प्रयोग गरी तीव्र गतिमा पहिरो पन्छाएर सडक खुलाइउने प्रयास जारी छ ।
© 2026 All right reserved to publicsuchana.com | Site By : SobizTrend