logo
  • आइतबार, असोज १८ २०८३

व्यवसायीहरुसँग दैनिक भेटघाटमा प्रधानमन्त्री, आज अर्ग्यानिक संघसँग छलफल


  • पब्लिक सूचना
  • बिहिबार, साउन ७ २०८३

प्रधानमन्त्री शाहले नेपालमा उद्योग, व्यवसाय प्रवर्द्धनका निम्ति उद्योगी–व्यवसायीसँग निरन्तर छलफल गरी उनीहरूका जायज माग सम्बोधन गर्ने प्रतिबद्धता जनाउँदै आएका छन् ।

७ साउन, काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह पछिल्लो समय व्यवसायीहरुसँग दैनिक भेटघाटमा छन् । आज अर्ग्यानिक संघका पदाधिकारीलाई बोलावट भएको छ ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार नेपाल अर्ग्यानिक संघका पदाधिकारी तथा व्यवसायीहरुसँग आज बिहान साढे ११ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा छलफल गर्ने कार्यक्रम रहेको छ।

छलफलमा संघका अध्यक्ष दीपक बास्कोटा, उपाध्यक्ष प्रेम लामा तथा गोर्खा टि इस्टेटका अध्यक्ष उदय चापागाईं, हिमालयन सांग्रिला टि फ्याक्ट्रीका अध्यक्ष कमल मैनाली र अन्नपूर्ण अर्गानिक एग्रो इन्डस्ट्रीका अध्यक्ष फर्शुराम आचार्य सहभागी हुनेछन् ।

यो नेपालमा जैविक (अर्ग्यानिक) कृषि उत्पादन, प्रशोधन, व्यापार र उपभोगको प्रवर्द्धन गर्ने संस्था हो । प्रधानमन्त्री शाहले नेपालमा उद्योग, व्यवसाय प्रवर्द्धनका निम्ति उद्योगी–व्यवसायीसँग निरन्तर छलफल गरी उनीहरूका जायज माग सम्बोधन गर्ने प्रतिबद्धता जनाउँदै आएका छन्

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend