पब्लिक सूचना
सरकारले मूल्य अभिवृद्धि कर (भ्याट) र स्थायी लेखा नम्बर (प्यान) मा आबद्ध नागरिकलाई लक्षित गर्दै सक्कली बिल लिने ग्राहकलाई लखपति बनाउने योजना कार्यान्वयनमा ल्याउने भएको छ।
सरकारले ल्याएको योजनाअनुसार अब हरेक दिन एक जना नेपाली नागरिकलाई लखपति बनाइनेछ भने हरेक महिना दुई जनालाई बम्पर पुरस्कारस्वरूप १०–१० लाख रुपियाँ प्रदान गरिनेछ।
यस योजनामा भ्याट र प्यानमा आबद्ध भएका तथा एक सय रुपियाँभन्दा बढीको कारोबार गर्दा अनलाइन वा नगद भुक्तानी गरी सक्कली बिल लिएका नागरिक सहभागी हुन पाउनेछन्।
सरकारले एक सय रुपियाँभन्दा बढीको सामान खरिद गर्दा वा होटल तथा रेस्टुरेन्टमा भुक्तानी गर्दा अनिवार्य रूपमा सक्कली बिल लिन आग्रह गरेको छ। बिल नम्बर नै ग्राहकलाई लखपति बनाउने आधार हुने जनाइएको छ।
हाललाई प्रत्येक महिनाको १६ गते र महिनाको अन्तिम दिन गरी पाक्षिक रूपमा लखपति योजनाको घोषणा गरिनेछ।
सरकारले चालु आर्थिक वर्षको बजेटमा घोषणा गरेको यो कार्यक्रम कार्यान्वयनका लागि आवश्यक कार्यविधि तयार गरेको जनाएको छ। योजनासम्बन्धी विस्तृत जानकारी कार्यविधिमार्फत उपलब्ध गराइनेछ।
करदाता प्रोत्साहन उपहार कार्यक्रम सञ्चालन कार्यविधि–२०८३
© 2026 All right reserved to publicsuchana.com | Site By : SobizTrend