logo
  • आइतबार, असोज १८ २०८३

राजामौलीको आगामी फिल्म ‘वाराणसी’मा यस्तो देखिइन् प्रियंका


  • पब्लिक सूचना
  • सोमबार, साउन ४ २०८३

‘आरआरआर’ निर्देशक एस.एस. राजामौलीको बहुप्रतीक्षित फिल्म ‘वाराणसी’ बाट अभिनेत्री प्रियंका चोपडाको फर्स्टलुक सार्वजनिक गरिएको छ।

शनिबार प्रियंकाको जन्मदिन पारेर निर्माण टिमले दुई नयाँ तस्बिर सार्वजनिक गरेको हो। तस्बिरमा प्रियंकालाई ‘मन्दाकिनी’ पात्रका रूपमा प्रस्तुत गरिएको छ। एक्सन-एड्भेन्चर शैलीको यो फिल्मको कथा हजारौं वर्ष फैलिएको समयरेखामा आधारित छ। फिल्मको कथा अन्टार्कटिकादेखि अफ्रिका हुँदै भारतको वाराणसीसम्म विभिन्न स्थानमा अघि बढ्ने बताइएको छ।

‘वाराणसी’मा महेश बाबु, प्रियंका चोपडा र पृथ्वीराज सुकुमारन मुख्य भूमिकामा छन्। यो राजामौलीको विश्वव्यापी सफल ‘आरआरआर’ पछि आउन लागेको नयाँ फिल्म हो।

‘वाराणसी’ सन् २०२७ अप्रिल ७ मा विश्वभर एकसाथ प्रदर्शनमा आउने तयारीमा छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend