logo
  • शनिबार, असोज १७ २०८३

फिफा विश्वकप छनोटमा नेपालको प्रतिद्वन्द्वी लाओस


  • पब्लिक सूचना
  • शुक्रबार, साउन १२ २०८०

सन् २०२६ मा आयोजना हुने फिफा विश्वकप र २०२७ मा आयोजना हुने एएफसी एसियन कप छनोट फुटबलको पहिलो चरणमा नेपालले लाओस प्रतिद्वन्द्वी पाएको छ ।

एसियाली फुटबल महासङ्घ (एएफसी) ले बिहीबार गरेको खेल तालिका ‘ड्र’ अनुसार नेपालले पहिलो चरणको खेलमा लाओस प्रतिद्वन्द्वी पाएको हो । होम एन्ड अबे प्रणालीमा दुई खेल खेलेपछि विजेता टोली दोस्रो चरणको छनोट खेलमा प्रवेश गर्नेछ ।

नेपाल र लाओसको पहिला खेल अक्टोबर १२ र दोस्रो खेल अक्टोबर १७ तारिख हुनेछ । एएफसीले एसियाली देशको फिफा वरीयतामा रहेका २७ देखि ४७ वरीयताका २० टोलीलाई पहिलो चरणको छनोट खेलमा समावेश गरेको हो ।

विजेता १० टोली र शीर्ष १६ वरीयता गरी ३६ टोलीबीच दोस्रो चरणमा प्रतिस्पर्धा हुनेछ । दोस्रो चरणमा सहभागी टोलीलाई नौ समूहमा विभाजन गरी होम एन्ड अबे प्रणालीकै आधारमा प्रतिस्पर्धा गराइनेछ ।

यसबाट १८ टोली तेस्रो चरणमा प्रवेश गर्नेछन् । तेस्रो चरणमा सहभागी टोलीलाई तीन समूहमा विभाजन गरिनेछ । तेस्रो समूहको शीर्ष दुई टोली सोझै विश्वकपमा छनोट हुनेछन् । एजेन्सी

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend