logo
  • शनिबार, असोज १७ २०८३

डेपुटी गभर्नरको संख्या अर्थ समितिको छलफलबाट टुंग्याऔं: अर्थमन्त्री


  • पब्लिक सूचना
  • शुक्रबार, साउन १ २०८३

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपाल राष्ट्र बैंक ऐन संशोधनका क्रममा डेपुटी गभर्नरको संख्या, सञ्चालक समितिको संरचना लगायतका विषय अर्थ समितिको छलफलबाट नै टुंगो लगाउनुपर्ने बताएका छन्।

प्रतिनिधिसभाको अर्थ समितिमा नेपाल राष्ट्र बैंक ऐन संशोधन विधेयकमाथिको छलफलका क्रममा उनले डेपुटी गभर्नर कति जना रहने, सञ्चालकहरूको संरचना कस्तो हुने लगायत विषय समितिमा हुने विस्तृत छलफलबाट निर्णय गरिनुपर्ने बताए।

अर्थमन्त्री वाग्लेले राष्ट्र बैंकको स्वायत्ततालाई कमजोर पार्ने कुनै पनि उद्देश्य सरकारको नरहेको पनि स्पष्ट पारे।

विगतमा राजनीतिक उद्देश्यका आधारमा गभर्नरलाई सामान्य निजामती कर्मचारीसरह व्यवहार गर्ने प्रवृत्ति देखिएकै कारण राष्ट्र बैंकलाई थप स्वायत्त बनाइएको स्मरण गराउँदै उनले सोही भावनाअनुसार ऐन संशोधन हुनुपर्ने धारणा राखे।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend