logo
  • शनिबार, असोज १७ २०८३

संसद्का दुई समितिको बैठक बस्दै, यस्ता छन् छलफलका एजेन्डा


  • पब्लिक सूचना
  • शुक्रबार, असार २६ २०८३

काठमाडौँ । सङ्घीय संसद् अन्तर्गत प्रतिनिधि सभाको सार्वजनिक लेखा समिति र राष्ट्रिय सभाको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक शुक्रबार बस्ने भएको छ।

सार्वजनिक लेखा समितिको नवौँ बैठक शुक्रबार बिहान १० बजे समितिको बैठक कक्षमा बस्नेछ। सो बैठकमा बेरुजुका विषयमा छलफल हुने र उपसमिति गठन गरिने कार्यसूची तय भएको छ। बैठकमा विविध विषयमा पनि छलफल हुने जनाइएको छ।

यसैगरी, राष्ट्रिय सभा अन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको ३३५औँ बैठक पनि शुक्रबार नै बस्दैछ। सिंहदरबारमा रहेको समितिको हलमा बिहान १०:१५ बजे बैठक बोलाइएको छ।

शाखा अधिकृत गुणमाया सुनुवारका अनुसार सो बैठकमा पुस्तकालय नीतिका सम्बन्धमा छलफल हुनेछ। बैठकमा पुस्तकालयविद् हिरेन्द्र बहादुर शाहीले विज्ञका रूपमा प्रस्तुतीकरण गर्ने कार्यक्रम रहेको छ। बैठकमा समितिका सदस्यहरूका साथै सम्बन्धित सरोकारवालाहरूलाई आमन्त्रण गरिएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend