logo
  • शनिबार, असोज १७ २०८३

निजी क्षेत्रका प्रतिनिधिहरूसँग आज छलफल गर्दै प्रधानमन्त्री बालेन शाह


  • पब्लिक सूचना
  • बुधबार, असार २४ २०८३

प्रधानमन्त्री बालेन शाहले निजी क्षेत्रका प्रतिनिधिहरूसँग छलफल गर्ने भएका छन्।

प्रधानमन्त्री शाहले आज निजी क्षेत्रका प्रतिनिधिहरूसँग छलफल गर्न लागेका हुन्।

गत चैत १३ गते प्रधानमन्त्री बनेका शाहले अहिलेसम्म निजी क्षेत्रका प्रतिनिधिसँग कुराकानी गरेका थिएनन्।

शाह प्रधानमन्त्री बनेपछि पहिलो पटक निजी क्षेत्रका प्रतिनिधिहरूलाई छलफलका लागि बोलाइएको हो।

नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्सका प्रतिनिधिलाई प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बोलाइएको हो।

व्यवसायीहरूका अनुसार प्रधानमन्त्रीसँग छलफलका लागि खबर आएको छ।

नेपाल उद्योग परिसंघका अध्यक्ष वीरेन्द्रराज पाण्डेले प्रधानमन्त्रीले निजी क्षेत्रको कुरा सुन्नको लागि छलफल बोलाएको बताए।

‘छलफलका लागि खबर आएको छ, हामी त्यसमा जाने तयारीमा छौं,’ उनले भने।

यसअघि प्रधानमन्त्री शाहका सल्लाहाकार अशिम साहले संविधान संशोधनका विषयमा निजी क्षेत्रसँग संवाद गरेका थिए।

अहिले सरकारले गरेका काम सरकारको योजना, निजी क्षेत्रलाई दिएको प्राथमिकता लगानीको अवस्था लगायतका विषयमा जानकारी गराउन तथा बुझ्नका लागि बोलाएको निजी क्षेत्रको बुझाइ छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend