logo
  • आइतबार, असोज १८ २०८३

नयाँ प्रणाली लागू गर्ने राहदानी विभागको तयारी, केही दिन सेवा बन्द हुने


  • पब्लिक सूचना
  • शनिबार, असार २० २०८३

२० असार, काठमाडौं । राहदानी विभागको नयाँ प्रणाली लागू गर्ने तयारी अन्तिम चरणमा पुगेको छ । विभागले सूचना जारी गर्दै हालको प्रणालीबाट नयाँ प्रणालीमा जाने तयारीका लागि केही दिन राहदानी सेवा बन्द हुने जनाएको छ ।

विभागले दिएको जानकारी अनुसार जिल्ला तथा इलाका प्रशासन कार्यालय र विदेशस्थित नेपाली नियोगहरूबाट प्रदान गरिने राहदानी सेवा यही असार २४ देखि २६ गतेसम्म तीन दिनका लागि बन्द हुनेछ ।

त्यस्तै, राहदानी विभाग स्वयंले प्रदान गर्ने सेवा असार २५ र २६ गते दुई दिनका लागि बन्द हुने छ ।

नयाँ प्रणाली असार २२ गतेदेखि नियमित रूपमा सञ्चालनमा ल्याउने तयारी विभागको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend