logo
  • आइतबार, असोज १८ २०८३

 पोर्चुगल अन्तिम १६ मा, नकआउटमा रोनाल्डोको पहिलो गोल


  • पब्लिक सूचना
  • शुक्रबार, असार १९ २०८३

TORONTO, ONTARIO - JULY 02: Cristiano Ronaldo #7 of Portugal and teammates celebrate with a shirt in commemoration of late teammate Diogo Jota after the 2-1 win during the FIFA World Cup 2026 Round of 32 match between Portugal and Croatia at Toronto Stadium on July 02, 2026 in Toronto, Ontario. (Photo by Mattia Ozbot/Getty Images)

क्रिस्टियानो रोनाल्डोले फिफा विश्वकपको नकआउटमा पहिलो गोल र  गोन्कालो रामोसले इन्जुरी समयमा निर्णायक गोल गरेपछि पोर्चुगल क्रोएसियालाई २-१ ले पराजित गर्दै विश्वकपको अन्तिम १६ मा पुगेको छ। 

क्यानडाको टोरन्टो स्टेडियममा भएको अन्तिम–३२ को प्रतिस्पर्धामा निर्धारित समय सकिन केही क्षण बाँकी रहँदा रामोस नायक बने।

दोस्रो हाफमा मैदान प्रवेश गरेका उनले राफाएल लियाओको उत्कृष्ट क्रसलाई हेडमार्फत गोलमा परिणत गर्दै खेलको इन्जुरी समयको चौथो मिनेटमा पोर्चुगललाई रोमाञ्चक जित दिलाए।

1000131283-1783042741.jpg
यो गोल विश्वकपमा पोर्चुगलका लागि इन्जुरी समयमा भएको दोस्रो सबैभन्दा ढिलो गोल पनि बनेको छ। यसअघि सन् २०१४ मा सिल्भेस्ट्रे भारेलाले अमेरिकाविरुद्ध ९४ मिनेट ३४ सेकेन्डमा गोल गरेका थिए।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। क्रोएसियाले दोस्रो हाफ सुरु भएको केहीबेरमै अग्रता बनायो। खेलको ५३औँ मिनेटमा इभान पेरिसिचले टोलीलाई अघि बढाए।

त्यसपछि खेलको ६८औँ मिनेटमा पोर्चुगलले पेनाल्टी पायो। कर्नरको क्रममा रेनाटो भेइगामाथि निकोला भ्लासिचले फउल गरेपछि रेफ्रीले पेनाल्टी दिएका थिए। त्यसको सदुपयोग गर्दै रोनाल्डोले बराबरी गोल गरे। यो रोनाल्डोको विश्वकपको नकआउट चरणमा पहिलो गोल हो।

1000131285-1783042764.jpg
खेल अतिरिक्त समयमा धकेलिने संकेत देखिइरहेका बेला इन्जुरी समयको चौथो मिनेटमा लियाओको आकर्षक क्रसमा रामोसले दुई डिफेन्डरभन्दा माथि उफ्रँदै शक्तिशाली हेडमार्फत विजयी गोल गरे।

अब पोर्चुगलले युरोपियन च्याम्पियन स्पेनसँग जुलाई ६ मा अमेरिकाको डलास स्टेडियम, टेक्सासमा प्रतिस्पर्धा गर्नेछ। अष्ट्रियालाई ३-० ले हराउँदै स्पेन अन्तिम १६ मा पुगेको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend