logo
  • शनिबार, असोज १७ २०८३

विष्णु पौडेलको बन्दीप्रत्यक्षीकरण निवेदनमाथि आज सुनुवाइ हुँदै


  • पब्लिक सूचना
  • मंगलबार, असार १६ २०८३

१६ असार, काठमाडौं । एमाले नेता एवं पूर्वअर्थमन्त्री विष्णु पौडेललाई गैरकानूनी रुपमा थुनामा राखिएको दाबीसहित परेको बन्दीप्रत्यक्षीकरणको निवेदनमाथि मंगलबार सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ ।

न्यायाधीशहरु टेकप्रसाद ढुंगाना र मेघराज पोखरेलको इजलासले निवेदनमाथि सुनुवाइ गर्नेछ ।

विशेष अदालतले पौडेललाई थुनामा राखेर अनुसन्धान अघि बढाउन अनुमती दिएपछि सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको निवेदन परेको थियो ।

पदमा हुँदखा गैरकानूनी रुपमा लाभ लिएको र अपराधबाट सम्पत्ति जोडेको आरोपमा अनुसन्धानका लागि भन्दै सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले पौडेललाई गतसाता पक्राउ गरेको थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend