logo
  • सोमबार, असोज १९ २०८३

यी हुन् रास्वपा महाधिवेशन प्रतिनिधिहरू (नामावली)


  • पब्लिक सूचना
  • आइतबार, असार ७ २०८३

७ असार, काठमाडौं । चितवनमा आयोजित रास्वपा महाधिवेशनमा सहभागी हुने चार हजार प्रतिनिधिहरुको प्रारम्भिक नामावली सार्वजनिक भएको छ ।

निर्वाचन आयोग प्रमुख भुवन केसीले महाधिवेशन प्रतिनिधिहरुको प्रारम्भिक नामावली सार्वजनिक गरेको जानकारी दिँदै नामावलीमाथि कुनै दाबी विरोध भए महाधिवेशन सचिवालयको कार्यालय (चितवन औद्योगिक प्रदर्शनीस्थल)मा सम्पर्क राख्न भनेका छन् ।

रास्वपाले प्रदेश सभापतिहरु पदेन रहने गरी १५१ सदस्यीय केन्द्रीय सदस्य बनाउने निर्णय गरेको छ । हाल रास्वपामा १२१ केन्द्रीय सदस्य छन् ।

अब रास्वपामा खुला प्रतिस्पर्धाबाट ९९ जना र सभापतिबाट मनोनीत ५१ जना केन्द्रीय सदस्य हुनेछन् ।

प्रत्येक प्रदेशबाट एक महिलासहित पाँच–पाँच जना केन्द्रीय सदस्य हुनुपर्ने व्यवस्था विधानले गरेको छ ।

हेर्नुहोस् रास्वपाले सार्वजनिक गरेको महाधिवेशन प्रतिनिधिहरुको नामावली–

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend