logo
  • शनिबार, असोज १७ २०८३

राप्रपाको कार्यसम्पादन समिति बैठक बस्दै, केन्द्रीय समिति बैठकका एजेण्डा तय गर्ने


  • पब्लिक सूचना
  • बिहिबार, असार ४ २०८३

४ असार, काठमाडौं । केन्द्रीय समिति बैठकका एजेण्डा तय गर्न राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दै छ । बैठक आज दिउँसो साढे १२ बजे केन्द्रीय कार्यालय धुम्बाराहीमा बस्न लागेको हो ।

कार्यसम्पादन समितिको बैठकले असार ५ र ६ गते बोलाइएको केन्द्रीय कार्यसमितिको बैठकको एजेण्डा तय गर्ने राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।

प्रवक्ता श्रेष्ठका अनुसार यसपटकको केन्द्रीय कार्यसमितिको बैठक महाधिवेशन केन्द्रित हुनेछ । बैठकले महाधिवेशनको मिति समेत तोक्नेछ ।

केन्द्रीय कार्यसमिति बैठक धुम्बाराहीको सूर्य ब्यांकेटमा असार ५ गते बिहान ११ बजे बोलाइएको प्रवक्ता श्रेष्ठले जानकारी दिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend