logo
  • शनिबार, असोज १७ २०८३

रविले बोलाएको सर्वदलीय बैठक हर्क साम्पाङले गरे बहिष्कार


  • पब्लिक सूचना
  • सोमबार, जेष्ठ २५ २०८३

प्रतिनिधसभाको बिहीबारको बैठकमा आगामी आर्थिक वर्ष २०८३/८४ को सरकारको वार्षिक नीति तथा कार्यक्रममाथिको छलफलमा धारणा राख्नुहुँदै सांसद हर्कराज राई । तस्बिर ः रत्न श्रेष्ठ / रासस

२५ जेठ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले बोलाएको सर्वदलीय बैठक श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले बहिष्कार गरेका छन् ।

‘सर्वदलीय बैठकमा हामी गएनौं । अर्कै कार्यक्रम भएकाले भ्याएनौं’ अध्यक्ष साम्पाङले अनलाइनखबरसँग भने ।

लामिछानेले आजै सर्वदलीय बैठक बोलाएका हुन् । सिंहदरवारमा बस्ने गरी आह्वान गरिएको बैठकमा प्रमुख पार्टीका सभापति/अध्यक्षलाई आमन्त्रण गरिएको थियो । तर, श्रम संस्कृति पार्टीका तर्फबाट कोही पनि उपस्थित भएनन् ।

भारत भ्रमण सकेर फर्किएपछि लामिछानेले शीर्ष नेताहरूसँग संवाद गर्न लागेका हुन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend