logo
  • शनिबार, असोज १७ २०८३

महिला विश्वकप फुटबल : जर्मनी र इटालीको विजयी सुरुवात


  • पब्लिक सूचना
  • मंगलबार, साउन ९ २०८०

Germany players celebrate after Germany's Alexandra Popp, 4th right, scored the opening goal during the Women's World Cup Group H soccer match between Germany and Morocco in Melbourne, Australia, Monday, July 24, 2023. (AP Photo/Hamish Blair)

जर्मनी र इटालीले न्युजिल्यान्ड र अस्ट्रेलियामा जारी फिफा महिला विश्वकप फुटबलमा विजयी सुरुवात गरेका छन् ।

समूह ‘एच’ अन्तर्गत सोमबार भएको खेलमा जर्मनीले मोरोक्कोलाई ६–० गोलले हरायो । समूह ‘जी’ को अर्को खेलमा इटालीले अर्जेन्टिनामाथि १–० गोलको कठिन जित निकालेको हो ।

एकपक्षीय खेलमा जर्मनीलाई जिताउन अलेसान्ड्रा पोपले ११औँ र ३९औँ मिनेटमा दुई गोल गर्नुभयो । क्लारा वुलले ४६औँ र लिआ स्कुलेरले ९०औँ मिनेटमा गोल गर्नुभयो ।

जर्मनीले बाँकी दुई गोल ५४औँ र ७९औँ मिनेटमा मोरोक्कोबाट आत्मघाती उपहार पाएको थियो । जितसँगै जर्मनीले महत्त्वपूर्ण तीन अङ्क बनाएको छ । मोरोक्कोले हारबाट विश्वकपको शुभारम्भ गरेको छ ।

यस्तै न्युजिल्यान्डको अकल्यान्डमा भएको खेलमा इटालीलाई जिताउन क्रिस्टियना गिरेली निर्णायक गोल गर्नुभयो । गिरेलीले ८७औँ मिनेटमा गोल गर्दै इटालीलाई जिताउनुभएको हो ।

जितसँगै इटालीले समूहमा तीन अङ्क बनाएको छ । यस समूहमा स्विडेन को पनि तीन अङ्क छ । स्विडेनले आफ्नो पहिलो खेलमा दक्षिण अफ्रिकालाई हराएको थियो । अर्जेन्टिनाले भने हारबाट विश्वकपको सुरुवात गरेको छ । एजेन्सी

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend