logo
  • शनिबार, असोज १७ २०८३

रास्वपाकी सांसद आशिका तामाङ प्रतिनिधि सभाको बैठकमा जंगिनपुगिन


  • पब्लिक सूचना
  • आइतबार, जेष्ठ १७ २०८३

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद आशिका तामाङ प्रतिनिधि सभाको बैठकमा जंगिएकी छिन्।

विपक्षी दलहरूले प्रधानमन्त्रीसँगको प्रश्नोत्तर नियमावली विपरित भएको भन्दै सभामुखसँग वादविवाद गरिरहेका बेला सत्तापक्षमा रहेको बेञ्चमा रहेको सांसद तामाङ जंगिएकी हुन्।

श्रम संस्कृति पार्टीका सांसद ध्रूवराज राईले सभामुखलाई औंला ठ्याएको भन्दै उनी जंगिएको एक सांसदले सेतोपाटीलाई बताए।

‘सभामुखलाई अपमान गर्ने! भन्दै उहाँ रिसाउनु भएको हो,’ एक सांसदले भने। तामाङ रिसाएपछि रास्वपा सांसदहरूले उनलाई हलबाट बाहिर निकालेका थिए।

केहीबेरपछि उनलाई अन्य सांसदहरूले सम्झाएका थिए। रास्वपा सांसदहरूले नियमावली अनुसार सभामुखले बैठक सञ्चालन गर्ने भन्दै नआत्तिन आग्रह गरेका थिए।

साथै नरिसाउन आग्रह गरेका थिए।

‘तपाईं रिसाउनुहुन्न भनेर रास्वपा सांसदहरूले सम्झाउँदै हुनुहुन्थ्यो,’ विपक्षी दलका एक सांसदले सेतोपाटीसँग भने, ‘उहाँहरूलाई आफ्नो पार्टीको सांसद सम्झाउन हम्मे हम्मे पर्‍यो।’

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend