पब्लिक सूचना
फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी)ले युरोपेली च्याम्पियन्स लिगको उपाधि जितेको छ।
बुडापेस्टमा गएराति आर्सनललाई पेनाल्टीमा पराजित गर्दै पिएसजीले लगातार दुई सिजन च्याम्पियन्स लिग जितेको हो।

आर्सनलले सुरूवातमै गरेको गोल जोगाउन नसक्दा पहिलो पटक च्याम्पियन्स लिग जित्ने अवसर गुमाएको हो। खेलको पाँचौं मिनेटमा काई हार्भेजले गोल गरी आर्सनललाई अग्रता दिलाएका थिए।
६१ मिनेटमा पिएसजीले पाएको पेनाल्टीको अवसरलाई उस्मान डेम्बेलेले गोलमा परिणत गरेका थिए। त्यसपछि निर्धारित ९० मिनेट र थप गरिएको ३० मिनेटमा पनि दुवै तर्फबाट गोल नभएपछि खेल पेनाल्टीमा पुगेको थियो।
पेनाल्टीमा आर्सनलका इबिरेची इजको प्रहार पोस्ट बाहिर गएको थियो। त्यसपछि पिएसजीका नुनो मेन्डिजको प्रहारलाई डेविड रायाले रोकेका थिए।

अन्तिम पेनाल्टीमा आर्सनलका ग्याब्रियलको प्रहार खेर गएपछि पिएसजीले उपाधि जितेको हो।
© 2026 All right reserved to publicsuchana.com | Site By : SobizTrend