logo
  • शनिबार, असोज १७ २०८३

महिला विश्वकप फुटबल :ब्राजिलको जितमा एरीको ह्याट्रिक


  • पब्लिक सूचना
  • मंगलबार, साउन ९ २०८०

Brazil's midfielder #21 Kerolin (C) runs with the ball during the Australia and New Zealand 2023 Women's World Cup Group F football match between Brazil and Panama at Hindmarsh Stadium in Adelaide on July 24, 2023. (Photo by Brenton EDWARDS / AFP)

एरी बोर्गेसले ह्याट्रिक पूरा गरेपछि ब्राजिलले फिफा महिला विश्वकप फुटबलमा पानमामाथि सानदार जित निकालेको छ ।

समूह ‘एच’ अन्तर्गत सोमबार साँझ भएको खेलमा ब्राजिलले पानमालाई ४–० गोलले हरायो । ब्राजिलको जितमा एरीले १९, ३९ र ७०औं मिनेटमा गोल गर्नुभयो । एरीको यो जारी विश्वकपकै पहिलो ह्याट्रिक हो । अर्को गोल बिआ जेनराटोले ४८औं मिनेटमा गर्नुभएको थियो ।

जितसँग ब्राजिलले तीन अङ्क बनाएको छ । पानमाले हारबाट विश्वकपको सुरुवात गरेको छ । यस समूहको पहिलो खेलमा फ्रान्स र जमैकाले गोलरहित बराबरी खेल्दै अङ्क बाँडेका थिए । एजेन्सी

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend