logo
  • शनिबार, असोज १७ २०८३

कर्णाली प्रदेशको मन्त्रीपरिषद् बैठकले गर्‍यो विभिन्न ६ निर्णय


  • पब्लिक सूचना
  • बुधबार, जेष्ठ १३ २०८३

काठमाडौँ ।  कर्णाली प्रदेश सरकारको मन्त्रीपरिषद् बैठकले विभिन्न ६ निर्णय गरेको छ । आज बिहान बसेको बैठकले कर्णाली प्रदेश विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन (चौथो संशोधन) नियमावली–२०८३ स्वीकृत गर्ने निर्णय गरेको छ ।

त्यस्तै कर्णाली प्रदेश प्रशिक्षण प्रतिष्ठानको कार्यकारी निर्देशकको पदमा प्रदेश सचिव लक्ष्मीकुमार विकलाई कामकाजमा खटाउने, योगदानमा आधारित निवृत्तिभरण कोष स्थापना तथा सञ्चालन सम्बन्धी विधेयक तर्जुमाको अवधारणापत्र उपर सैद्धान्तिक स्वीकृति गर्ने निर्णय पनि बैठकले गरेको छ ।

कर्णाली प्रदेश सरकारको सामयिक राजस्व उठाउने सम्बन्धी विधेयक तर्जुमा सम्बन्धी अवधारणापत्रको सैद्धान्तिक स्वीकृति गर्ने, कर्णाली प्रदेश विनियोजन ऐन, २०८२ कार्यान्वयनमा देखिएको बाधा अड्‌काउ फुकाउन आदेश जारी गर्ने र कर्णाली प्रदेश जीवनाशक विषादी व्यवस्थापन नियमावली, २०८३ स्वीकृत गर्ने निर्णय बैठकले गरेको प्रदेश सरकारका प्रवक्ता विनोदकुमार शाहले जानकारी दिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend