नेपालमा रहँदा विभिन्न खालका म्यूजिक भिडिओ, बृत्तचित्र, टेलिसिरियल र टेलिभिजन कार्यक्रम सम्पादकको रूपमा काम गरेका ज्योति के.सी. आफ्नै जीवनसाथीको सल्लाहमा १ दशक अगाडि विधार्थी भिसामा जापान पुगेका थिए । मदाने गाउँपालिका भनभने गुल्मीमा जन्मिएका ज्योति जापान पुगेर निर्धारित अध्ययन पश्चात् आफ्नै रेष्टुरेण्ट व्यावसायमा होमिएका थिए । के.सी. कम्पनी प्रा. लि. का सिइओ हुन । ज्योति केसी अहिले जापानको फुकुओका शहरको निकै चर्चित र जापानभरि परिचित नाम हो । व्यावसायिक तथा सामाजिक क्षेत्रमा उदाउँदा ज्योतिले जापानका अलावा नेपाल र भारतमा समेत आफ्नो व्यावसाय बिस्तार गरेका छन् । अत्यन्तै मृदुभाषी, सहयोगी, उदार र प्रभावशाली व्यक्तित्व ज्योतिका वैयक्तिक विशेषता हुन् । कुनै नेपाली सांस्कृतिक कार्यक्रम होस् या कोही नेपालीलाई कष्ट पर्दा होस् उनी सक्रीय रूपमा लाग्दछन् । आफ्नो अगाडि पर्ने जो कसैलाई पनि सकारात्मक प्रभाव पार्न सक्ने ज्योतिले विगतमा लगभग ५ वर्ष जति नेपालमा भिडिओ सम्पादकका रूपमा काम गरेका थिए भने उनको नेपाली सिने जगतका धेरै कलाकार र गायक गायिकाहरुसँग निकट सम्बन्ध रहेको छ । अधिकांश गायक कलाकारहरु फुकुओका पुग्दा सक्दो स्वागत र सत्कार गर्ने ज्योतिमा परि आउँदा सिङ्गो एनआरएनए जापान हाँक्न सक्ने खुबी छ ।