logo
  • शनिबार, असोज १७ २०८३

प्रतिनिधिसभामा आज पनि प्लेकार्ड देखाएर श्रम संस्कृति पार्टीको विरोध


  • पब्लिक सूचना
  • मंगलबार, जेष्ठ ५ २०८३

५ जेठ, काठमाडौं ।  प्रतिनिधिसभाको बैठकमा श्रम संस्कृति पार्टीले आज पनि विरोध जारी राखेको छ ।

हर्क साम्पाङसहितका सांसदले प्लेकार्ड देखाएर विरोध गरेका छन् । बैठकको सुरुमै उनले प्लेकार्ड देखाए ।

सभामुखले यो विषयमा ध्यानाकर्षण भएको छ भनेपछि श्रम संस्कृति पार्टीका सांसदहरू बसेका थिए । त्यसपछि बैठक अघि बढेको छ ।

यसअघि हिजो बसेको बैठकमा पनि श्रम संस्कृति पार्टीले प्लेकार्डसहित विरोध गरेको थियो । विशेषगरी प्रधानमन्त्री बालेन शाह संसद्प्रति उत्तरदायी हुनुपर्ने भन्दै श्रम संस्कृति पार्टीले विरोध गरिरहेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend