logo
  • शनिबार, असोज १७ २०८३

शक्ति नेपालको उपन्यास चेतनकक्ष सार्वजनिक


  • पब्लिक सूचना
  • सोमबार, जेष्ठ ४ २०८३

काठमाडौँ  । कालिञ्चोक पुस्तक प्रकाशनद्वारा प्रकाशित लेखक शक्ति नेपालको नयाँ उपन्यास चेतनकक्ष सार्वजनिक भएको छ। नेपाल प्रज्ञा प्रतिष्ठानको पारिजात कक्षमा आयोजित एक विशेष समारोहका बीच अतिथि पूर्व उपकुलपति गंगाप्रसाद उप्रेती ,प्रा.डा.हेमनाथ पौडेल, लेखक स्वयं र विशिष्ट अतिथिहरूले संयुक्त रूपमा पुस्तकको विमोचन गर्नुभयो। उक्त अवसरमा ठुलो सङ्ख्यामा साहित्यकार, समीक्षक तथा पाठकहरूको उपस्थिति रहेको थियो।

विमोचन कार्यक्रममा बोल्दै प्रा.डा.हेमनाथ पौडेलले चेतनकक्ष उपन्यास बहुआयामिक रहेको चर्चा गर्नुभयो। उहाँले भन्नुभयो,“यो उपन्यास केवल बालस्मृति वा पारिवारिक कथा मात्र होइन, यसले आध्यात्मिक चेत, अनुशासन,नैतिक आदर्श, जातीय सहअस्तित्व,लैङ्गिक प्रश्न र वर्तमान राजनीतिक विकृतिलाई समेत बलियो गरी उजागर गरेको छ।

त्यस्तै, लेखक शक्ति नेपालले समाजमा नैतिक शिक्षा र आत्मनियन्त्रणको कमीका कारण विसङ्गति बढ्दै गएकोप्रति चिन्ता व्यक्त गर्नुभयो। उहाँले अध्यात्म र नैतिक शिक्षाको अभावमा व्यक्तिले आफ्नो पहिचान गुमाउँदै गइरहेको र समाजमा आपसी द्वन्द्व बढेको विषयलाई उपन्यासको मुख्य कथावस्तु बनाइएको प्रस्ट पार्नुभयो।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend