पब्लिक सूचना
धादिङ जिल्ला, नेत्रावती डब्जोङ गाउँपालिका–३ निवासी प्रतिभाशाली मोडल तथा निर्देशक सुनिता वाइबाको आज जन्मदिन परेको सुखद अवसरमा हार्दिक शुभकामना व्यक्त गर्दछौँ। सुनिता वाइबा नेपाली कला क्षेत्रमा सक्रिय र बहुप्रतिभाशाली व्यक्तित्वका रूपमा परिचित छिन्।
उनले विभिन्न प्रकारका गीतहरूमा निर्देशन तथा मोडलिङ गर्दै आफ्नो विशेष पहिचान बनाउन सफल भएकी छन्। चलचित्र ढुकुटी मा उनले सशक्त अभिनय प्रस्तुत गरिसकेकी छिन्। साथै थुप्रै सिरियल, विज्ञापन तथा म्युजिक भिडियोहरूमा समेत उनले आफ्नो उत्कृष्ट अभिनय क्षमता देखाइसकेकी छिन्। घरकी सबैभन्दा कान्छी छोरी सुनिता पछिल्लो समय गायन क्षेत्रमा पनि सक्रिय बन्दै गएकी छिन्। आफू तामाङ समुदायसँग सम्बन्धित भएकाले उनले आफ्नै भाषा र संस्कृतिलाई विशेष प्राथमिकता दिँदै आएकी छन्।

हालै उनले “वाईबा रानी” बोलको गीत सार्वजनिक गरेकी छन्, जुन आफ्नै गाउँठाउँमा छायांकन गरिएको हो। उक्त गीतमा निर्देशन, अभिनय तथा प्रस्तुति समेत उनकै रहेको छ। उनले आफ्नो आधिकारिक युट्युब च्यानलमार्फत गीत सार्वजनिक गरेकी हुन्। नयाँ च्यानल भए पनि दर्शक तथा श्रोताबाट राम्रो माया र सकारात्मक प्रतिक्रिया पाएको उनी बताउँछिन्। आजको यस विशेष दिनमा उहाँको सुस्वास्थ्य, दीर्घायु, निरन्तर प्रगति तथा सफलताको हार्दिक शुभकामना व्यक्त गर्दछौँ। आगामी दिनहरू अझ उज्ज्वल र सफल बनून् भन्ने कामना गर्दछौँ।
© 2026 All right reserved to publicsuchana.com | Site By : SobizTrend