logo
  • शनिबार, असोज १७ २०८३

एसीसी इमर्जिङ टिम्स एसिया कप क्रिकेट : पाकिस्तान ‘ए’ लगातार दोस्रो पटक च्याम्पियन


  • आशिष लामिछाने
  • सोमबार, साउन ८ २०८०

काठमाडौं, साउन ८ गते ।आशिष लामिछाने  एसीसी इमर्जिङ टिम्स एसिया कप क्रिकेट उपाधि पाकिस्तान ‘ए’ ले जितेको छ ।श्रीलङ्काको कोलम्बोस्थित आर प्रेमदासा स्टेडियममा आइतबार भएको फाइनलमा पाकिस्तानले चर्चित प्रतिद्वन्द्वी भारत ‘ए’ लाई एक सय २८ रनले हरायो ।

May be an image of 5 people and text

पाकिस्तानले दिएको तीन सय ५३ रनको विजय लक्ष्य पछ्याएको भारत ४० ओभरमा सवै विकेटको क्षतिमा दुई सय २४ रनमा समेटियो । भारतका लागि ओपनर अभिषेक शर्माले ६१ रन बनाउनुभयो ।

कप्तान यश धुलले ३९, ओपनर साई सुदर्शनले २९ र रियान परागले १४ रन बनाउनुभयो । बलिङमा पाकिस्तानका सोफियान मुकिमले तीन विकेट लिनुभयो । मोहम्मद वासिम जुनियर, मिहरम मुम्ताज र अर्सद इक्बालले दुई दुई विकेट लिनुभयो ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पाकिस्तानले निर्धारित ५० ओभरमा आठ विकेट गुमाएर तीन सय ५२ रन बनाएको थियो । पाकिस्तानका लागि तैयव ताहिरले एक सय आठ रनको शतकीय इनिङ्स खेल्नुभयो ।

May be an image of ‎2 people and ‎text that says '‎MCC ASIAN CRICKET COUNCIL ACC MEN'S EMERGING TEAMS ASIA CUP 202 LANKA TCL س TCL peps. pepsi MUHAMMAD TAYYAB TAHIR 108 RUNS (71) BALLS @nt 11118‎'‎‎

सहबाज फरहामले ६५ र सैब अयबले ५९ रनकोअर्धशतकीय इनिङ्स खेल्नुभयो । मुबासिर खान र ओमिर समान युसुफले ३५/३५ रन बनाउनुभयो । मोहमेद वासिमले अविजित १७ र मेहरन मुमताजले १३ रन जोड्नुभयो । बलिङमा भारतका रियान पराग र राजवर्धन हङ्गेरकरले दुई दुई तथा हर्षित राना, मानव सुतार र निसान्त सिधुले एक एक विकेट लिनुभयो ।

पाकिस्तान लगातार दोस्रो पटक उपाधि जितेको हो । यसअघि पाकिस्तान सन् २०१९ मा पनि च्याम्पियन बनेको थियो। यस प्रतियोगितामा सहभागी नेपाल समूह चरणबाटै बाहिरिएको थियो ।

एसीसी इमर्जिङ टिम्स एसिया कप क्रिकेटमा प्लयेर अफ सिरिज भारतका निशान्त सिन्धु हुन सफल भए । उनले सम्पूर्ण टुनामेन्टमा सबै भन्दा धेरै ११  विकेट लिएर यो उपाधि आफ्नो नाम गरे ।

May be an image of 3 people, people playing football and text that says "ASIAN CC COUNCIL ACC MEN'S EMERGING EMERGINGTEAMS ANKA ASIA CUP/ 202 PLAURNAMENT YER OF THE NISHANT SINDHU INDIA 11 WICKETS 3.9 ECONOMY"

श्रीलंका ‘ए’ का ब्याट्सम्यान अविष्का फर्नान्डो प्रतियोगितामा सर्वाधिक रन बनाउने खेलाडी हुन् । उनले ६३.७ को औसतमा अविश्वसनीय २५५ रन बनाए ।

May be an image of 2 people and text

नेपालले यस प्रतियोगितालाई एसिया कपको तयारीको रूपमा लिएको छ । एसिया कप आगामी अगष्ट–सेप्टेम्बरमा पाकिस्तान र श्रीलङ्कामै हुनेछ । एसिया कपमा नेपाल, भारत र पाकिस्तान एउटै समूह ‘ए’ मा छन् ।

समूह ‘बी’ मा श्रीलङ्का, बङ्गलादेश र अफगानिस्तान छन् । समूहको शीर्ष दुई टोली सुपर चारमा प्रवेश गर्नेछ । सुपर चारको शीर्ष दुई टोलीबीच उपाधिका लागि प्रतिस्पर्धा हुनेछ । एजेन्सी

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend