पब्लिक सूचना
स्वयम्भू क्षेत्रमा पनि डोजर चलेको छ। अतिक्रमण गरी बनाइएका संरचनाहरूमा शनिबार बिहानदेखि डोजर चलाइएको हो।
शनिबार सडक छेउका संरचना भत्काउन डोजरसँगै काठमाडौं महानगर प्रहरी बल र सुरक्षाकर्मी पनि परिचालन गरिएको थियो। आज बिहान काठमाडौंका अन्यत्र पनि डोजर चलेको छ। माछापोखरी बालाजु लगायत विभिन्न स्थानमा नदी उकास र सडक किनारका संचरनामा डोजर चलाइएको छ।



© 2026 All right reserved to publicsuchana.com | Site By : SobizTrend