logo
  • आइतबार, असोज १८ २०८३

एकैदिन ३४ सय रूपैयाँ बढ्यो सुनको भाउ, आज कतिमा हुँदैछ किनबेच?


  • पब्लिक सूचना
  • शुक्रबार, बैशाख १८ २०८३

नेपाली बजारमा आज (शुक्रबार) सुन-चाँदीको भाउ बढेको छ।

बिहीबार तोलामा एक हजार आठ सय रूपैयाँ घटेको सुनको भाउ यसदिन प्रतितोला तीन हजार चार सय रूपैयाँ बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ९६ हजार एक सय रूपैयाँमा किनबेच भइरहेको छ।

बिहीबार सुन प्रतितोला दुई लाख ९२ हजार सात सय रूपैयाँमा कारोबार भएको थियो।

यस्तै, शुक्रबार चाँदीको मूल्य पनि बढेको छ। बिहीबार प्रतितोला चार हजार आठ सय १० रूपैयाँमा कारोबार भएको चाँदी यसदिन तोलामा चार हजार नौ सय ४५ रूपैयाँमा किनबेच भइरहेको छ। यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला एक सय ३५ रूपैयाँ बढेको हो।

अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस चार हजार ६ सय १३ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend