logo
  • शनिबार, असोज १७ २०८३

त्रिवि उपकुलपति, शिक्षाध्यक्ष र रजिस्ट्रारले पठाए कुलपतिसमक्ष राजीनामा


  • पब्लिक सूचना
  • बिहिबार, बैशाख १७ २०८३

त्रिभुवन विश्वविद्यालयका उपकुलपति, शिक्षाध्यक्ष र रजिस्ट्रारले पदबाट राजीनामा दिएका छन्।

त्रिवि पदाधिकारीहरू उपकुलपति प्रा.डा. दीपक अर्याल, शिक्षाध्यक्ष प्रा.डा. खड्ग केसी र रजिस्ट्रार प्रा.डा. केदार रिजालले आज पदबाट राजीनामा दिएका हुन्।

त्रिविका शिक्षाध्यक्ष खड्ग केसीले आफूहरूले राजीनामा पत्र पठाइसकेको सेतोपाटीलाई जानकारी दिए।

उनीहरूले कर्मचारीमार्फत् कुलपतिसमेत रहेका प्रधानमन्त्री बालेन शाहलाई र ह्वाट्सएपमार्फत् प्रधानमन्त्रीको सचिवालयमा पनि राजीनामा पत्र पठाएका हुन्।

सरकारले विश्वविद्यालयसम्बन्धी अध्यादेश ल्याएर जारी गर्न राष्ट्रपतिसमक्ष पेस गरेको छ। यस्तो अवस्थामा सरकारलाई काम गर्न सहज वातावरण होस् भनेर त्रिविका उपकुलपति, शिक्षाध्यक्ष र रजिस्ट्रारले राजीनामा दिएका हुन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend