logo
  • आइतबार, असोज १८ २०८३

हालान्डको गोलमा सिटी शीर्ष स्थानमा, बर्न्ली रेलिगेसनमा


  • पब्लिक सूचना
  • बिहिबार, बैशाख १० २०८३

म्यानचेस्टर सिटीले बर्न्लीलाई १-० ले पराजित गर्दै प्रिमियर लिग तालिकाको शीर्ष स्थानमा उक्लिएको छ।

अगस्टपछि पहिलो पटक सिटी लिगको शीर्ष स्थानमा पुगेको हो। यस हारसँगै बर्न्ली भने रेलिगेसनमा परेको छ।

सिटीको जितमा स्टार फरवार्ड एर्लिङ हालान्ड नायक बने। उनले खेलको पाँचौँ मिनेटमै गोल गर्दै टोलीलाई अग्रता दिलाए। जेरेमी डोकुको पासमा बल पाएका हालान्डले सहजै गोल गरेका हुन्।

यसअघिको खेलमा सिटीले आर्सनललाई हराउँदा पनि हालान्डले नै निर्णायक गोल गरेका थिए।  त्यसको निरन्तरतामा आएको  जितले सिटीलाई उपाधि दौडमा बलियो बनाएको छ।

३३ खेलमा समान ७० अंक भए पनि सिटीले बढी गोल गरेका कारण आर्सनललाई पछि पार्दै शीर्ष स्थानमा पुगेको हो।

बर्न्लीका गोलकिपर मार्टिन डुब्राभ्काले खेलभर केही उत्कृष्ट बचाउ गरे। उनले रायन चेर्की र निको ओ’राइलीका प्रहार रोके। जसका कारण सिटीले थप गोल गर्न सकेन।

दोस्रो हाफमा पनि सिटीले केही अवसर बनायो। हालान्डको अर्को प्रहार पोस्टमा लागेर फर्कियो भने ओ’राइलीले नजिकबाट पाएको अवसर पनि गोलमा परिणत हुन सकेन।

यो हारसँगै बर्न्ली एक सिजनमै पुनः च्याम्पियनसिपमा झरेको छ। १७औँ स्थानको वेस्ट ह्याम युनाइटेडभन्दा बर्न्ली १३ अंकले पछाडि छ। अब ४ खेल मात्र बाँकी छ।
बुधवारको‌ अर्को खेलमा बोर्नमाउथ र लिड्सले २-२ को बराबरी खेलेका छन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend