logo
  • शनिबार, असोज १७ २०८३

सेती नदीमा नुहाउँदा बैतडीका युवक बेपत्ता, खोजी कार्य जारी


  • पब्लिक सूचना
  • बुधबार, बैशाख ९ २०८३

बैतडीका एक युवक सेती नदीमा नुहाउने क्रममा बेपत्ता भएका छन् । जिल्लाको दशरथचन्द नगरपालिका–२ देहीमाण्डौंका करिब २२ वर्षीय दिपक बोहरा बेपत्ता भएका हुन् ।

उहाँ दिपायल सिलिगुडी नगरपालिका–५ घोलटडास्थित सेती नदीमा नुहाउने क्रममा बेपत्ता हुनुभएको हो । बोहरा सोही स्थानस्थित क्याब दुनिला क्रसर कम्पनीमा काम गर्दै आउनुभएको थियो ।

बेपत्ता बोहराको खोजीका लागि नेपाल प्रहरीका ८ र सशस्त्र प्रहरी बलका १३ गरी २१ जनाको टोली परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend