logo
  • शनिबार, असोज १७ २०८३

नशा मुक्त भारत अभियान: ५ औं NCCDR बैठकमा नयाँ रणनीतिक पहलका लागि सुझाव


  • पब्लिक सूचना
  • मंगलबार, चैत्र १७ २०८२

नयाँ दिल्ली भारत सरकारको सामाजिक न्याय र अधिकारिता मन्त्रालयद्वारा आयोजित ‘राष्ट्रिय नशा मुक्ति र पुनर्वास सल्लाहकार समिति’ (NCCDR) को ५ औं बैठक नयाँ दिल्लीमा सफलतापूर्वक सम्पन्न भएको छ। माननीय केन्द्रीय मन्त्री डा. वीरेन्द्र कुमार ज्यूको अध्यक्षता र माननीय राज्यमन्त्री श्री बी.एल. वर्मा ज्यूको उपस्थितिमा सम्पन्न उक्त बैठकमा ‘नशा मुक्त भारत अभियान’ (NMBA) लाई थप प्रभावकारी बनाउने विषयमा गहन छलफल गरियो।

कार्यक्रममा सहभागी प्रतिनिधिहरूले अभियानलाई नयाँ उचाइमा पुर्‍याउन केही महत्त्वपूर्ण सुझावहरू प्रस्तुत गरेका थिए, जसलाई माननीय मन्त्रीज्यूले मन्त्रालयको आगामी कार्ययोजनामा समावेश गर्न निर्देशन दिनुभएको छ।

बैठकका मुख्य प्रस्ताव र छलफलका विषयहरू:

‘नशा मुक्ति मित्र’ को अवधारणा: स्वच्छता मित्रको तर्जमा अब समाजका युवाहरूलाई तल्लो तहदेखि नै जोड्नका लागि ‘नशा मुक्ति मित्र’ बनाउने प्रस्ताव गरिएको छ। यसले भुईँतहमा जनचेतना फैलाउन र युवा शक्तिलाई कुलत विरुद्ध परिचालन गर्न मद्दत गर्नेछ।

नशा मुक्ति प्रमाणपत्र (Drug-Free Certificate): विद्यालय, कलेज भर्ना वा अन्य सरकारी प्रक्रियाहरूमा ‘नशा मुक्ति प्रमाणपत्र’ अनिवार्य गर्ने विषयमा विचार विमर्श गरिएको छ। यो कदमले युवाहरूलाई लागुऔषधबाट टाढा राख्न र देशको भविष्य सुरक्षित गर्न एउटा कोशढुङ्गा सावित हुने विश्वास लिइएको छ।

“नशामुक्त भारतको सपना अब हामी सबैको संकल्प हो।”

बैठकको समापनमा माननीय मन्त्रीज्यू र अन्य गणमान्य सदस्यहरूका साथ समूह तस्बिर खिचिएको थियो। यस सत्रले युवाहरूलाई नशाको दुष्प्रभाबबाट बचाउन र ‘नशा मुक्त भारत अभियान’ लाई थप सशक्त बनाउन रणनीतिक दिशा प्रदान गरेको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend