logo
  • शनिबार, असोज १७ २०८३

गैंडाकोटमा भयानक सवारी दुर्घटना, ३ गाडी एकैठाउँ ठोक्किए


  • पब्लिक सूचना
  • सोमबार, चैत्र १६ २०८२

काठमाडौं । पूर्वपश्चिम राजमार्ग अन्तर्गत नवलपुरको गैंडाकोट नगरपालिका ९ हनुमान मन्दिर नजिक भयानक सवारी दुर्घटना भएको छ ।

दुर्घटनामा मानवीय क्षति भने भएको छैन । घाइतेहरुलाई उपचारका लागि अस्पताल पठाइएको छ ।

जिल्ला प्रहरी कार्यालय नवलपुरका सूचना अधिकारी एवम् डीएसपी अनिल पण्डितका अनुसार नेपालगञ्जबाट काठमाडौंतर्फ आउँदै गरेको लुम्बिनी प्रदेश ०१–००१ ख ०९१० नम्बरको बसले गैंडाकोटबाट भेंडाबारी तर्फ जाँदै गरेको बागमती प्रदेश ०१–०२८ च ५००४ नम्बरको हात्तीगाडी र सोही दिशा तर्फबाट जाँदै गरेको बा ३ ख ३१६३ नम्बरको ट्रकलाई समेत ठक्कर दिएको थियो ।

आज बिहान ६:४५ बजेको समयमा भएको दुर्घटनामा तीनवटै गाडीका चालकहरु घाइते भएका छन् । अन्य ८–९ जना पनि सामान्य घाइते भएको र विस्तृत विवरण संकलनको काम भइरहेको प्रहरीले जनाएको छ ।

डिएसपी पण्डितका अनुसार ट्रक चालक रामेछापका ३२ वर्षीय इन्द्र तामाङ, बस चालक बाँकेको नेपालगञ्ज उपमहानगरपालिका २० बस्ने ४१ वर्षीय मोहनसिंह बलामी मगर र हात्तीगाडी चालक चितवनको भरतपुर महानगरपालिका १२ बस्ने ३३ वर्षीय दर्शन काप्री घाइते छन् ।

हात्तीगाडी चालक काप्रीको छात्तीमा चोट छ । बस र ट्रक चालकहरुको भने दुवै खुट्टामा चोट लागेको प्रहरीले जनाएको छ । ती तीनै जना चालकहरुको अवस्था मध्यम रहेको प्रहरीको भनाइ छ ।

बसमा सवार अरु ८/९ जना यात्रुहरु समेत सामान्य घाइते भएको प्रहरीले जनाएको छ ।

यो समाचार तयार पार्दासम्म ठोक्किएका तीनवटै गाडीहरु सडक किनारमै छन् तर यातायात आवागमन अवरोध नभएको प्रहरीले जनाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend