पब्लिक सूचना
पूर्व गृहमन्त्री रमेश लेखक भक्तपुरको कटुञ्जेबाट पक्राउ परेका छन्। शनिबार बिहानै पक्राउ परेका उनलाई अहिले काठमाडौं जिल्ला प्रहरी परिस ल्याइँदै गरेको एक अधिकृतले जानकारी दिए।
गत भदौ २३ जेनजी आन्दोलनका क्रममा हेलचेक्र्याइँपूर्वक मानिस मारेको भन्दै त्यतिबेला गृह मन्त्रालयको नेतृत्व गरेकाले जाँचबुझ आयोगले लेखकलाई तीनदेखि १० वर्षसम्म कैद सिफारिस गरेको थियो। त्यही सिफारिसका आधारमा पूर्वगृहमन्त्री लेखक पक्राउ परेका हुन्।
उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ गरेको एक अधिकृतले जानकारी दिए।
शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेको थियो।
© 2026 All right reserved to publicsuchana.com | Site By : SobizTrend