logo
  • शनिबार, असोज १७ २०८३

प्रधानमन्त्री बालेन शाहलाई ओली र पोखरेलले दिए बधाई


  • पब्लिक सूचना
  • शुक्रबार, चैत्र १३ २०८२

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र महासचिव शंकर पोखरेलले बालेन्द्र शाहलाई प्रधानमन्त्री बनेकोमा बधाई दिएका छन् ।  शुक्रबार प्रधानमन्त्रीको शपथ लिएपछि अध्यक्ष ओलीले सामाजिक सञ्जाल मार्फत शाहलाई बधाई दिएका हुन् । ओलीले शाहसँगै शुक्रबार गठन भएको मन्त्रिपरिषद्का सबै सदस्यहरूलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन् ।

‘राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह प्रधानमन्त्री नियुक्त हुनु भएकोमा हार्दिक बधाई । नवनियुक्त सम्माननीय प्रधानमन्त्री शाह लगायत मन्त्रिपरिषद्का सबै सदस्यको कार्यकाल सफलताको शुभकामना व्यक्त गर्दछु’, पूर्व प्रधानमन्त्री समेत रहेका ओलीले बधाई दिँदै भनेका छन् ।

यस्तै, एमाले महासचिव पोखरेलले पनि नवनियुक्त प्रधानमन्त्री बालेन शाहलाई बधाई दिएका छन् । सामाजिक सञ्जाल फेसबुकमा एक पोस्ट गर्दै उनले शाहलाई सफल कार्यकालको शुभकामना समेत दिएका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend