logo
  • आइतबार, असोज १८ २०८३

अमेरिकामा भएको मैत्रीपूर्ण खेलमा म्यानचेस्टर युनाइटेडले आर्सनललाई एकै खेलमा दुई पटक हरायो


  • आशिष लामिछाने
  • आइतबार, साउन ७ २०८०

साउन ०७,आशिष लामिछाने। अमेरिकाको न्यु जर्सीस्थित मेटलाइफ स्टेडियममा भएको इंग्लिस प्रिमियर लिग क्लबद्वय म्यानचेस्टर युनाइटेड र आर्सनलबीचको मैत्रीपूर्ण खेलमा युनाइटेड विजयी भएको छ।

ब्रुनो फर्नान्डेस र जाडोन सान्चोले पहिलो हाफमा गोल गरेपछि म्यानचेस्टर युनाइटेडले प्रतिद्वन्द्वी आर्सनललाई २–० ले पराजित गरेको छ। फर्नान्डेसले ३० र सान्चोले ३७ मिनेटमा गोल गरेका थिए।

खेल हेर्न स्टेडियममा कीर्तिमानी ८२ हजार २६२ जना दर्शक उपस्थित भएका थिए। खेलको अन्त्यतिर केही फ्यानहरूले एक अर्कालाई मुक्का प्रहार गरेका थिए। तर उक्त झगडा छिट्टै नियन्त्रणमा लिइएको थियो।

खेलपछि पेनाल्टी सुटआउट भएको थियो।  जहाँ युनाइटेड फेरि ५-३ ले विजयी भयो।

युनाइटेडका लागि पेनाल्टीमा सबै खेलाडीले गोल गर्दा आर्सनलका फाबियो भिएराको प्रहार बारमाथिबाट बाहिरियो।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend