logo
  • आइतबार, असोज १८ २०८३

बाजुरामा हेलिकप्टरमार्फत उद्धार गरिएकी सुत्केरी र शिशुको मृत्यु


  • पब्लिक सूचना
  • सोमबार, चैत्र ९ २०८२

९ चैत्र, बाजुरा । बाजुरामा सुत्केरी आमा र सात दिनको शिशुको मृत्यु भएको छ । चैत्र ४ गते बाजुराबाट थप उपचारका लागि कर्णाली प्रदेश अस्पताल सुर्खेत रिफर गरिएकी गर्भवती सुरता रोकाय र उनले जन्म दिएको शिशुको मृत्यु भएको हो । उनीहरूलाई हेलिकप्टरमार्फत सुर्खेत पुर्‍याइएको थियो ।

बडीमालिका नगरपालिका-१ की २१ बर्षकी रोकाया र नवजात शिशुको उपचारको क्रममा शनिबार सुर्खेतस्थित कर्णाली प्रदेश अस्पताल मृत्यु भएको बाजुराका सहायक प्रमुख जिल्ला अधिकारी लक्ष्मण पुडासैनीले जानकारी दिए ।

उनी लामो समयदेखि मुटु रोगबाट समेत ग्रसित थिइन् भने डाक्टरले बच्चा जन्माउन नहुने सुझाव समेत दिएको पाइएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend