logo
  • शनिबार, असोज १७ २०८३

निर्वाचन आयोगले निर्वाचनसम्बन्धी प्रतिवेदन बिहीबार राष्ट्रपतिलाई बुझाउने


  • पब्लिक सूचना
  • बुधबार, चैत्र ४ २०८२

काठमाडौँ । निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनसम्बन्धी प्रतिवेदन बिहीबार राष्ट्रपति रामचन्द्र पौडेललाई बुझाउने भएको छ । राष्ट्रपति कार्यालयले आयोगले भोलि (बिहीबार) अपराह्न ४ बजे राष्ट्रपति कार्यालय शीतल निवासमा प्रतिनिधिसभा सदस्य निर्वाचनसम्बन्धी प्रतिवेदन बुझाउने समय निर्वाचन आयोगले लिएको जानकारी दिएको छ ।

गत फागुन २१ गते मुलुकभर प्रतिनिधिसभा निर्वाचन सम्पन्न भएको थियो । आयोगले निर्वाचनसम्बन्धी नतिजा सार्वजनिक गरिसकेको छ । त्यो नतिजा समेटिएको प्रतिवेदन राष्ट्रपति पौडेललाई बुझाउन समय लिएको राष्ट्रपछि कार्यालयका एक पदाधिकारीले  जानकारी दिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend