पब्लिक सूचना
प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन शाहप्रति आफूलाई विश्वास रहेको बताएकी छन्।
राष्ट्रिय समाचार समिति (रासस)सँगको अन्तर्वार्तामा प्रधानमन्त्री कार्कीले बालेनको चुनावी अभियानले तराई, पहाड र हिमाल एक भएको सन्देश दिएको आफ्नो बुझाइ रहेको रहेको बताउँदै उनीप्रति विश्वस्त रहेको बताएकी हुन्।
‘बालेनप्रति विश्वास छ । केही होला भन्ने आशा पनि छ,’ उनले भनिन्। बालेनलाई प्रधानमन्त्रीको उम्मेदवार बनाएर रास्वपा चुनावमा होमिएको थियो। त्यसलाई जनताले पनि अनुमोदन गरेको छ।
रास्वपा एक्लैले प्रत्यक्षतर्फ १२५ र समानुपातिकतर्फ ५७ सिट जितेको छ।
दलहरूले समानुपातिकबाट सांसद बन्नेहरूको सूची निर्वाचन आयोगमा बुझाएपछि आवश्यक प्रक्रिया सम्पन्न भएसँगै सरकार गठन प्रक्रिया अघि बढ्नेछ। रास्वपाले सहमति अनुसार नै बालेनलाई संसदीय दल नेता हुँदै प्रधानमन्त्री बनाउने प्रतिबद्धता व्यक्त गरिसेको छ।
प्रधानमन्त्री कार्कीले निर्वाचन गराउने जिम्मेवारी पूरा गरेको बताएकी छन्।
‘नयाँ सरकारले देशका युवालाई रोजगारी दिनुपर्छ। देशमा बस्ने वातावरण बनाउनुपर्छ। विदेश गएर बाकसमा फर्कनुपर्ने अवस्थाको अन्त्य होस्। शिक्षामा सुधार जरुरी छ। देशप्रति विश्वासको वातावरण बनाउनैपर्छ। प्राकृतिक स्रोतसाधनका हिसाबले अन्यन्तै सुन्दर देश छ। अब द्वन्द्व र तनावको अवस्था नहोस् । सबै मिलेर बस्ने वातावरण बनोस्,’ उनले भनिन्।
© 2026 All right reserved to publicsuchana.com | Site By : SobizTrend