लिग्स कप अन्तर्गत शनिबार बिहान भएको खेलमा मियामीले क्रुज अजुललाई २–१ गोलले हरायो । प्रतिस्पर्धात्मक खेलमा मियामीले ४४औं मिनेटमा सुरुवाती गोल गरेको थियो । रोबर्ट टेलरले गोल गर्दै मियामीको उत्साह जगाउनुभयो ।
त्यसपछि ५४औं मिनेटमा क्रुज अजुलका रिएल अन्तुनाले गोल गर्दै खेललाई बराबरीमा ल्याउनुभयो । अन्तिममा बराबरीमा धकेलिएको खेलको इन्जुरी समयमा मेस्सीले करिव २५ यार्ड टाढाबाट फ्रिकिकमा गोल गर्दै टोलीलाई जिताउनुभयो । ३६ वर्षको ढल्कँदो उमेरमा मेस्सीले पहिलो पटक युरोप बाहिरको क्लबमा खेल्नुभएको हो ।
उहाँले यसअघि दुई सिजन फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) मा विताउनुभएका मेस्सीले त्यसअघि २१ वर्ष स्पेनिस क्लब बार्सिलोनामा विताउनुभएको थियो । मेस्सीले मियामीमा सन् २०२५ सम्म रहने सम्झौता गर्नुभएको छ । एजेन्सी