logo
  • शनिबार, असोज १७ २०८३

ओखलढुंगामा पूर्वएआईजी पोखरेल रास्वपाबाट ५ मत अन्तरले विजयी


  • पब्लिक सूचना
  • आइतबार, फाल्गुन २४ २०८२

२४ फागुन, काठमाडौं । ओखलढुंगामा रास्वपाका विश्वराज पोखरेल निर्वाचित भएका छन् । पोखरेल पूर्वएआईजी हुन् ।

पोखरेलले १३ हजार ९५३ मत ल्याएर विजयी हुँदा नेपाली कांग्रेसका कुमार लुइटेलले १३ हजार ९४८ मत पाए । पोखरेल र लुइटेलबीचको मतान्तर ५ मतको मात्रै छ ।

तेस्रो भएका नेकपाका अम्बिरबाबु गुरुङले ११ हजार २९६ मत पाएका छन् भने एमालेकी अस्मिता थापा १० हजार ७२० मतका साथ चौथो भएकी छन् ।

यस्तै, श्रम संस्कृति पार्टीका उद्धवकुमार राईले ३८५८, उज्यालो नेपाल पार्टीका किशोरी कार्की ९६५, मंगोल नेशनल अर्गनाइजेशनका वजेन्द्र राईले २२३, राप्रपाका डिकप्रसाद बास्तोलाले १७८ मत पाएका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend